नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार नेविसंघका रविन दाहालको प्यानल नै विजयी भएको छ ।
अन्तिम नतिजा अनुसार दाहाल ३४१ मतसहित निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजेन्द्र पनेरुले ४३० मत, कोषाध्यक्षमा मनोज पौडेल ३४० मतसहित निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा सोह प्यानलबाट आश्विन रिमाल (३७१), सन्तोष पन्त (३४७), सुप्रिया पौडेल (३२७), जनक भट्ट (३६३), अस्मिता पौडेल (३२५), सन्जिता रिमाल ३३४, प्रदिप ढुंगाना (३११) निर्वाचित भएका हुन् ।
नुवाकोट आदर्श क्याम्पसमा लामो समयदेखि अनेरास्ववियुले जित्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया