बुटवल । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा अध्यक्षमा नेविसंघका निलकुमार थारु विजयी भएका छन्।
उनले अनेरास्ववियुका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् । खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत) को समर्थन थियो । थारू नेविसंघबाट एक्लै मैदानमा गएका थिए
सचिवमा अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् ।
कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् ।
सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् ।नेविसंघबाट सुदन पोख्रेल निर्वाचित भएका छन् ।
यो क्याम्पसमा ०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया