पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नविन पाण्डे निर्वाचित

लोकपथ
413
Shares

काठमाडौं । काठमाडौंको धोबिचौरमा रहेको पब्लिक युथ क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका नविन पाण्डेले बाजी मारेको छन् ।

सोमबार बिहान आएको अन्तिम परिणाम अनुसार पाण्डेले ८१६ मत पाएका छन् ।
त्यसैगरी सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही ७०६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरु निर्वाचित भएका छन् ।

त्यसैगरी सस्यहरुमा रविन्द्र दाहाल (नेविसंघ), विकास श्रेष्ठ (नेविसंघ), सुनिल थापा (अनेरास्ववियु), सागर भट्ट (नेविसंघ), अपेक्षा बेलबासे (नेविसंघ), अमन ढकाल (अनेरास्ववियु), प्रचण्ड अधिकारी (नेविसंघ) र एलिजा महर्जन (नेविसंघ) निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?