काठमाडौं । नेपाली कांग्रेसले आज देशव्यापी रुपमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ ।
भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु वी.पी. कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।
‘त्यतिबेला बी.पी. मेलमिलापको नीति रणनीतिकरूपमा लिएर आउनु भएको थियो,’ नेपाली कांग्रेसका नेता एवम् बी.पी. विचार राष्ट्रिय समाजका अध्यक्ष के.बी. गुरुङले भने, ‘तर अहिले ‘राष्ट्रिय मेलमिलाप र एकता’ दर्शनका रूपमा आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया