महाराजगञ्ज नर्सिङ क्याम्पसमा बस्नेत निर्वाचित

लोकपथ
35
Shares

काठमाडौँ । राजधानीको महाराजगञ्ज नर्सिङ क्याम्पसले स्ववियु नेतृत्व पाएको छ ।

अनेरास्ववियुकी उम्मेदवार नोबिना बस्नेत स्ववियु सभापतिमा विजयी भएकी हुन् । उनले २१७ मत पाइन् भने निकटतम् प्रतिस्पर्धी नेविसंघका धनुष विश्वकर्मालाई १३३ मत प्राप्त भयो ।

त्यस्तै सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी हुँदा सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?