राज्यले कसैप्रति विभेद गर्दैनः मोदी

लोकपथ
39
Shares

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन् ।

मोरङको रंगेलीमा नेपाल सन्थाल इसाई समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“राज्य सबैको अभिभावक हो, कुनै जाति वा धर्म विशेषलाई लिएर राज्यले कसैप्रति विभेद गर्दैन” मन्त्री मोदीले भने । माओवादीको नेतृत्वमा भएको जनयुद्धकै कारण मुलुक धर्मनिरपेक्षता गएको बताउँदै उनले भने, “माओवादी जनयुद्धकै कारणले देश धर्मनिरपेक्षतामा गएको हो, कोही हिन्दु धर्म मान्नेहरु होलान्, कोही मुस्लिम, बौद्ध धर्म त कोही क्रिश्चियन होलान्, धर्मको आधारमा राज्यले कसैलाई विभेद गर्दैन ।”

राज्यको कुनै एउटा धर्म हुन नसक्ने उनको भनाई थियो । “राज्यको आफ्नो कुनै एउटा धर्म हुँदैन, राज्य सबैको हो, सबै धर्म र सबै जाति राज्यका लागि बराबर हुन्छ” मन्त्री मोदीले भने ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, गयनन्द मण्डल लगायत उपस्थित थिए ।

आजै मोरङको बेलबारीमा जारी धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै मन्त्री मोदीले राज्यले सबै धर्म र जातिलाई समान व्यवहार गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?