१५ चैत्र २०७९, बुधबार

सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

२०७९,चैत्र,५,आईतवार २०:०७

27
Shares

काठमाडौं । बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन् । आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा वहन गर्न सक्ने उनले बताए ।

कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका वृहत्तर रुपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवस्यक रहेकोमा पनि उनले जोड दिए । ‘सांसद एक्लैले गरेर केहि हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ ।’ सांसद शर्माले भने, ‘बेलायती संसदमा रहेर काम गरिरहदा मेरो अनुभव पनि यहि हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।’

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चार जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए । ‘उनीहरुको जिम्मेवारी पनि तोकिएको हुन्छ । टीममा सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छन्’ उनले भने, ‘काममा दोहोरोपन हुनुभएन । टीमवकर्ममा विश्वास हुनुपर्छ ।’

सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्धामा संसदमा प्रभावकारी रुपमा उठाउन राजनीतिक टीमको आवश्यकता औंल्याए । ‘हामीले निर्वाचन क्षेत्रका मुद्धाहरुमा पनि काम गर्नुपर्छ । त्यस्तै राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौं,’ उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरुलाई पनि लाभ हुने चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौंमा राजनीतिक सचिवालय बनाएका छन् ।

 

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार २०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३