१५ चैत्र २०७९, बुधबार

मेलम्ची भ्याली क्याम्पसमा वाम विद्यार्थीको प्यानल विजयी

२०७९,चैत्र,५,आईतवार १७:५९

45
Shares

मेलम्ची । मेलम्ची भ्याली क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी निकट विद्यार्थीहरु विजयी भएका छन् ।

सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत मात्रै ल्याए।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी आइती तामाङले ४९ मत मात्रै ल्याइन्।

यस्तै, कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेविसंघकी भावना लामिछानेले ४९ मत मात्रै ल्याइन्।

सदस्यमा गोकुल लामिछाने ७१, सरिता जोती ६८ मत ल्याएर विजयी भए। सुन्तली तामाङ निर्विरोध भइन्। सदस्यमा निर्वाचित भएका तामाङ र ज्योति अखिल क्रान्तिकारीकी हुन् भने लामिछाने एमाले निकट अनेरास्ववियुका हुन्।

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १७:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३