काठमाडौं । केहीबेरअघि सम्पन्न केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचनमा कुल २ हजार ७५ मत खसेको छ ।
केन्द्रीय क्याम्पसमा निर्वाचन समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ४ सय २६ मतदाता रहेका थिए । मतदानको क्रममा ६० प्रतिशत हाराहारीमा मात्रै मत खसेको हो ।
मतदान सम्पन्न भएसँगै केहीबेरमा मतगणना समेत शुरु हुनेछ ।
बिहान ८ बजेबाट मतदान शुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया