काठमाडौंका २ स्थानमा ‘बाइकर्स होम’ को अवधारणामा आधारित रोयल इन्फिल्ड शोरुम सञ्चालन

लोकपथ
182
Shares

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै दुई वटा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीको मापदण्ड अनुसार तयार गरिएका शोरुम ‘बाइकर्स होम’ को अवधारणामा आधारित छ । शोरुमबाट बाइक, राइडिङ गियर, जेन्युइन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स आदि बिक्री गरिनुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइने छ । कम्पनीको मुख्य उद्देश्य नै ग्राहकको सन्तुष्टि रहेको अल्फा अटोमोटिभले जनाएको छ ।

त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाई र अन्य अतिथिहरुले शोरुम शुभारम्भ गरेका छन् । सो अवसरमा त्रिवेणी ग्रुपका डाइरेक्टर हर्ष संघाईले आगामी दिनमा विभिन्न मोडल उपलब्ध गराउने र ग्राहकको माया पाइरहने विश्वास व्यक्त गरेका थिए ।

अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले चालु आर्थिक वर्षको अन्त्य सम्ममा देशभर १८ शोरुम सञ्चालनमा ल्याउने बताउदै रोयल इन्फिल्डको लिगेसीलाई सबैले पछ्याइरहने विश्वास व्यक्त गरेका थिए ।

सन् १९०१ देखि निरन्तर रुपमा मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै आएको रोयल इन्फिल्ड विश्वको एक पुरानो मोटरसाइकल कम्पनी हो ।

हाल रोयल इन्फिल्डका नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी गरी ६ स्थानमा शोरुम संचालनमा छन् । चैत्र महिना भित्र विर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर गरी थप ४ वटा शोरुम संचालनमा आउने अल्फा अटोमोटिभ प्रालिले जनाएको छ ।

आगामी असार महिना भित्र विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर गरी थप ८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेन्युइन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगायतका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?