१८ चैत्र २०७९, शनिवार

कोशी नामाकरणको विरोधमा प्रदर्शन, प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र

२०७९,चैत्र,५,आईतवार १५:५४

90
Shares

मोरङ । कोशी प्रदेशको नामाकरणको विषयमा प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन् ।

बिहानैबाट एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन भइरहेको थियो ।
सो क्रममा स्थानीय प्रशासनले घोषणा गरेर प्रदर्शनकारीले निषेधित क्षेत्र समेत तोडेको जिल्ला प्रहरी कार्यालयले लोकपथलाई जानकारी दिएको छ ।

आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको पुत्ला समेत दहन गरेका थिए ।

बिहानैबाट स्थानीयहरु प्रदर्शनमा निस्किएका थिए । प्रदेश नं १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना उक्त प्रदर्शन महेन्द्र चोकबाट मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन् । शुक्रबार दिउँसो शपथ ग्रहण गरेसँगै सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेर

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । केहीबेरअघि शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णता भने

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८