पूनर्निमाण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

काठमाडौं ६ कार्तिक – लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो । तर उनले सचिवबाटै अवकास लिनुप¥यो ।केही समयपछि सरकारले नेपाल राष्ट्रबैंको गभर्नर नियुक्त गर्नेबेला भुसालको पनि नाम सिफारीस भयो तर अन्त्यमा भुसालको नाम सिफारीसमै सिमीत भयो । गतवर्ष विभीन्न मूलुकका राजदुत नियुक्त गर्ने बेला यूवराज भुसालको नाम पनि चर्चामा आयो तर त्यसमा पनि उनको चर्चा यथार्थतामा परीणत हुन सकेन । भुसाल निराश नै हुनुप¥यो ।लोकमानसिंह कार्कीको बहिर्गमनपछि रीक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पनि यूवराज भुसालको चर्चा भयो । तर त्यहाँ पनि नियुक्त हुने बेला अर्कै अवस्था आयो ।शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका भुसालले अन्नतः पुनर्निर्माण प्राधिकरणको दौड भने जितेका छन् ।को हुन सिईओ भुसाल ?अर्थसचिवबाट सेवा निबृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भएका भुसाल प्राज्ञिक व्यक्तित्व मानिन्छन् । गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालामाबाट प्राथमिक शिक्षा लिएका थिए । उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए ।पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडी बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन ।विक्रम संवत २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभीन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए । २०५४ सालमा सह सचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करीव १ वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा ४ वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा ३ वर्ष महावाणिज्य दुत भई काम गरेका थिए । २०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ । भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल भएका व्यक्ति हुन् । उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ । अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए ।स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सकरारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञको रुपमा प्रयोग गरीरहेको छ ।प्रमुख कार्यकारी अधिकृत नियुक्त भईसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडी बढाउने बताए । भुकम्पपिडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए । ‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु’ उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।’निजामति सेवामा रहँँदा सफल मानिएका अध्ययनशिल र धार्मिक स्वभावका भुसालको नेतृत्वपछि पुनर्निर्माण प्राधिकरण कतिको सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?