उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध निर्वाचित

लोकपथ
65
Shares

काटमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्निरोध चुनिए ।

शुभराम मुनांकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारञ्जित, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?