काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।
केहीबेरअघि संघीय संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो ।
बैठकमा संसदमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल हुने बताइएको छ ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत हुँदैछ।
सोही विषयमा पार्टीको धारणा स्पष्ट पार्न लागिइको हो ।
यसअघि आजै नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले सरकारलाई विश्वासको मत दिने, सरकारमा सामेल हुने र मन्त्री बन्नेहरुको मापदण्ड तय गर्ने लगायतका निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया