मन्त्री बन्न कांग्रेसको चार मापदण्ड, के–के भयो निर्णय ?

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनेसहित विभिन्न निर्णयहरु गरेको छ ।

आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिने, सरकारमा सामेल हुने र मन्त्रीहरुको मापदण्ड तोक्ने लगायतको निर्णय भएको हो ।

नेपाली कांग्रेसले विभिन्न निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकपथलाई जानकारी दिए ।

‘आजको बैठकले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा सामेल हुने र मन्त्रीहरुको मापदण्ड तोक्ने लगायतको निर्णय गरेको छ ।’ डा. महतले लोकपथसँग भने ।

सांसदहरुको योग्यता, क्षमता, समावेशीता र प्रादेशीक सन्तुलन लगायत मापदण्ड तोकेको डा. महतले बताए ।

भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?