काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाई मंगलवार हुने भएको छ ।
संघीय संसदका कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई आइतबार पूरा हुन सकेन ।
न्यायाधीश जबरालाई आइतवार दिउँसो २ बजे छलफलका लागि बोलाइएको थियो ।
सांसदले प्रश्न गर्ने क्रम चलिरहँदा ४ बजेपछि सुनुवाई अगाडि बढ्न सकेन ।
समितिका सभापति लक्ष्मणलाल कर्णले जबराबारेको छलफल सोमबार नै टुंग्याउन प्रस्ताव गरेपनि कांग्रेसका सांसदहरुले मनानेपछि मंगलबार बिहान ११ बजेको लागि बैठक बोलाइएको छ ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ न्यायाधीश जबराले मंगलवार दिनेछन् ।
न्यायाधीश जबराविरुद्ध संसदीय सुनुवाई समितिमा ९ वटा उजुरी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया