सक्रिय हुन थाले राजावादी, राजधानीमा भयो ज्ञानेन्द्रको जयजकार

काठमाडौं, ६ कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजावादीहरुले सोमबार राजधानीमा जुलुस निकालेका छन् । हिन्दु अधिराज्य पुर्नस्थापना आन्दोलन समितिको ब्यानरमा राजधानीको शान्तिबाटीकादेखि माइतीघरसम्म जुलुस निकालेका हुन् । उनीहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता चर्का नारा लगाएका थिए । तिहारको भाइटीकाको दिन पूर्वराजाले आफ मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका थिए । एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरेका थिए । पूर्वराजाको अभिव्यक्तिसँगै राजावादीहरु पनि उनको अभिव्यक्तिको स्वागत गर्दै सक्रिय भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?