२६ जेष्ठ २०८०, शुक्रवार

१४ वर्षपछिको स्ववियु निर्वाचन : यस्तो छ विभिन्न कलेजको माहोल (फोटोफिचर)

२०७९,चैत्र,५,आईतवार ११:२१

1.602k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।

बिहान ८ बजेबाट मतदान शुरु भएको हो ।

राजधानीका शंकरदेव, सरस्वती, नेपाल ल क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताचहल,  त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिकयुथ लगायत क्याम्पसहरुमा मतदान भइरहेको छ ।

यसअघि विद्यार्थी युनियनको निर्वाचनमा झैझगडा हुने गरेको भए पनि अहिलेसम्म शान्त वातावरणमा निर्वाचन भइरहेको छ ।

पुतलतीसडकमा रहेको शंकरदेव क्याम्पसमा पनि शान्त वातावरणमा मतदान भइरहेको नेविसंघबाट शंकरदेव क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार बनेका सुसान्त बस्नेतले जानकारी दिए ।

‘अहिले शान्त वातावरणमा मतदान भइरहेको छ ।’ उनले भने ।

साथै अन्य क्याम्पसहरुमा पनि शान्त वातावरणमा मतदान भइरहेको छ ।

त्रिवि युवा तथा खेलकुद निर्देशनालयका निर्देशक डा. पशुपति अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्रका कतिपय क्याम्पसहरुमा निर्वाचन बिथोलिएको छ ।

त्यसमा पाटन क्याम्पस, विश्वभाषा, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्श क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस लगायतमा चुनाव हुन नसकेको उनले बताए ।

बिहान ८ बजेबाट अन्य क्याम्पसहरुमा भने मतदान भइरहेको छ । लामो समयदेखि निर्वाचन हुन नसकेका कारण विद्यार्थी नेताहरुमा मात्र नभएर विद्यार्थीहरुमा समेत उत्साह देखिएको छ ।

त्रिविको ६२ वटा आंगिक र १ हजार ४० आंगिक क्याम्पसहरुमा निर्वाचनको लागि त्रिविले कर्सुलर जारी गरेको थियो ।

लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेकाले विद्यार्थी नेता र विद्यार्थीहरुमा समेत उत्साह देखिएको छ । हरेक २–२ वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने भएपनि २०६५ सालयता चुनाव हुन सकेको थिएन ।

प्रकाशित मिति: २०७९,चैत्र,५,आईतवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसद बैठकमा मौनधारण गरेका छन् । आगामी आर्थिक बजेटमाथि छलफल भइरहेका बेला

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१