सुनको मूल्यले बनायो नयाँ रेकर्ड

लोकपथ
585
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो ।

यसअघि, सुनको उच्च मूल्यको किर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?