आज देशभर स्ववियु निर्वाचन

लोकपथ
14
Shares

काठमाडौं । आज विवाद भएकाबाहेक देशभरका क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?