काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया