काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संसदीय सुनुवाई शुरू भएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित जबराविरुद्ध परेका ९ वटा उजुरीबारे संसदीय सुनुवाई विशेष समितिमा आइतबारदेखि सुनुवाई शुरू भएको हो ।
गत शुक्रवार समितिले उजुरीकर्तालाई डाकेर छलफल गरेपछि आज (आइतवार) जबराको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ‘आफूलाई राजा ठान्ने व्यक्ति’ भएकाले प्रधानन्यायाधीशका लागि स्वीकृत नगर्न माग गर्दै संसदीय सुनुवाई समितिमा उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया