१६ चैत्र २०७९, बिहीवार

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर आवश्यक : चेम्बर अध्यक्ष मल्ल

२०७९,चैत्र,४,शनिवार १७:०४

81
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए ।

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए ।

आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् ।

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ ,। रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’ ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने अध्यक्ष मल्लले बताए ।

यस्तै अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गरे । स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने अध्यक्ष मल्लले बताए ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १

काठमाडौँ । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

काठमाडौंं । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२