१६ चैत्र २०७९, बिहीवार

जापान-दक्षिण कोरिया सुरक्षा साझेदारी

२०७९,चैत्र,४,शनिवार १६:५७

72
Shares

काठमाडौं । लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको हो ।

गत बिहीबार जापानको शीर्ष नेतृत्वसँग कोरियाली राष्ट्रपतिले शिखर वार्ता गरेपछि विगतका विवाद बिसाउने सहमति भएको हो । उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न पनि सोल र टोकियो विगतका विवाद बिर्सन सहमत भएका हुन् । पैतीस वर्षे औपनिवेशिक शासनकालमा कोरियाली श्रमिकमाथि अत्याचार भएको तथा उनीहरूले क्षतिपूर्ति पाउनुपर्नेलगायत माग सोलले उठाउँदै आएको थियो ।

पछिल्लो समझदारीअनुसार अब जापान र दक्षिण कोरियाले गोप्य सूचना आदान प्रदान गर्नेछन् । विशेष गरी प्योङयाङका गतिविधिसम्बन्धी त्यस्ता सूचना एकअर्काले आदान प्रदान गर्नेछन् । सोलले टोकियोमा भएको त्यससम्बन्धी सम्झौतालाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कोरियाली राष्ट्रपतिको जापान भ्रमणपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि नवीकृत भएको छ ।

कोरियाली राष्ट्रपतिबाट १२ वर्षपछि भएको जापान भ्रमणले आणविक हतियारयुक्त उत्तरकोरियाविरुद्ध संयुक्त मोर्चा खडा गरेको छ । अमेरिकासहितका सहयोगीसँग अब जापान र दक्षिण कोरियाले सैन्य सूचना तथा प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य सूचना आदान प्रदान गर्नेछन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले जापानसँगको सम्झौता कार्यान्वयन गर्न औपचारिक रूपमा पत्राचार गरिने जनाएको छ भने रक्षा मन्त्रालयका एक अधिकारीले पनि सम्झौता कार्यान्वयको खाका तयार पारिएको जनाएका छन् । जापानसँगको सम्बन्ध नवीकृत भएसँगै द्विपक्षीय व्यापार विवाद पनि साम्य हुने अपेक्षा गरिएको छ ।

दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन् । यसअघि क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताएका थिए । कोरियाले जापानसँगको सैन्य सूचना आदान प्रदानसम्बन्धी सम्झौता खारेज गर्ने धम्की पनि दिएको थियो । सोलको उक्त धम्कीबाट प्योङयाङलाई मद्दत पुग्ने भन्दै वासिङ्टनले त्यसो नगर्न आह्वान गरेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

काठमाडौं । अमृतपाल पञ्जाब प्रहरीबाट भाग्न सफल भएका छन् । भारतीय सञ्चार माध्यम पत्रिमा डट कमका अनुसार अमृतपाल सिंह एक

श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७