१६ चैत्र २०७९, बिहीवार

मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ : अध्यक्ष नेपाल

२०७९,चैत्र,४,शनिवार १६:२३

198
Shares

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।”

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५