१६ चैत्र २०७९, बिहीवार

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

२०७९,चैत्र,४,शनिवार १६:०८

144
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन् ।

बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए । भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको केसीले उल्लेख गरे ।

अहिलेको मुख्य लडाइँ भनेको मुलुकमा गरिबी रहेको उनले बताए । अहिलेको समस्या गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकाले त्यसका विरुद्ध लड्ने काम सबैको हुनुपर्ने नेता केसीले बताए ।

उनले भने, “देश एक प्रकारको सहमतिमा गएको अवस्थामा अबको मुख्य समस्या गरिबी नै हो ।” उनले देशमा देखिएको गरिबी निवारण, बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधान गर्न सरकारको ध्यान तत्काल जानुपर्ने बताए । दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नु राम्रो नभएको उल्लेख गर्दै नेता केसीले यसको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२