धार्मिक कार्यक्रममा पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको वनारश विश्व विद्यालयले नेपाल र भारतको संस्कृतिलाई जोड्ने काम गरेको बताएका छन् । 

भारतको बनारस र काशी नेपालको साँस्कृति, राजनीतिक र समाजिक विकासमा निकै महत्वपूर्ण योगदान पुर्याएको बताउँदै उनले वनारस विश्वविद्यालयबाट अध्ययन गरेका व्यक्तिहरु विश्वमै छरिएर रहेको बताए । उनले भने, नेपालको राजनीतिज्ञ र व्यक्तित्वहरु भारतको बनारससँग कुनै नकुनै रुपमा जोडिएका छन् । म पनि विद्यार्थी नेताको रुपमा पहिलो पटक वनारस विश्वविद्यालयमा एउटा कार्यक्रममा भाग लिन गएका थिए ।’

नेपालको लागि सम्मानित नाम वनारस विश्वविद्यालय रहेको उल्लेख गर्दै उनले यस्तै खालको विश्व विद्यालय नेपालमा पनि बनाउनुपर्ने धारणा राखे । उनले वनारस विश्व विद्यालय जस्तै हिन्दु विश्व विद्यालय नेपालमा बन्न लागेको चर्चा गर्दै सो विश्व विद्यालय बनाउन आफूबाट हुने हरेक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । 

नेपालमा हिन्दु विश्व विद्यालयको स्थापना भयो भने शिक्षाको क्षेत्रमा मात्र होइन, नेपाल–भारतको सम्बन्धमा पनि महत्वपूर्ण सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । 

काशि विश्व विद्यालय स्थापना गरेका मदन मोहन मालमियको १५७ औ जन्मजयन्तीको उपलक्ष्यमा आइतवार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले मदन मोहन भारतका लागि मात्र होइन, विश्वका लागि प्रेरणाको स्रोत रहेको बताए । 

मदन मोहनबाट संसारले प्रेरणा लिने गरेको उल्लेख गर्दै उनले उनी बहुअयामिक प्रतिभाका धनी रहेको र राजनीतिक, शिक्षा लगायत समाजिक सेवामा समेत उनको योगदान रहेको धारणा राखे । 

सो अवसरमा नेपालका लागि भारतीय दुतावासका डिसिएम अजयकुमारले पनि मदन मोहनको योगदानको चर्चा गरे । मदन मोहन पत्रकार, प्रध्यापक, वकिल, राजनीतिज्ञ लगायतको क्षेत्रमा चिर्चित व्यक्तित्व रहेको उल्लेख गर्दै शिक्षाको क्षेत्रमा उनले पुर्याएको योगदानलाई भारतले सदा सम्झाना गरिरहने बताए ।

कार्यक्रममा अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्व उपकुलपति महेशकुमार उपाध्याय, पूर्व नेपाली सेना नाराचन्द्र मल्लको योगदानलाई कदर गर्दै सम्मान पनि गरेको गरिएको थियो । उनीहरु वनारश विश्व विद्यालयमा अध्ययन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?