काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ ।
महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।
‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ । सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन ।’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया