१६ चैत्र २०७९, बिहीवार

तापक्रम बढेसँगै बाका नदीका लाखौँ माछा मरे

२०७९,चैत्र,४,शनिवार १५:२६

99
Shares

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार यति धेरै माछा यसअघि मरेका थिएनन् । अति ताप लहरका कारण माछा मरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा नदीमा पानीभन्दा मरेका माछा देखिन्छन् । पानीको सतह देखिदैन आँखाले भ्याएसम्मको दृश्यमा मरेका माछा मात्र छन् ।

शुक्रबार बिहान स्थानीय बासिन्दाले लाखौँ मरेका माछा नदीमा देखेको बताएका छन् । तीन वर्षअघि पनि माछा मरेका थिए तर परिमाणात्मक रूपमा त्यो आजको जस्तो थिएन ।

मानव सिर्जित जलवायु परिवर्तनका कारण ताप लहर लगातार तीव्र हुँदै गएकाले जलचर पनि त्यसको शिकार भएका उनीहरूको अनुमान छ ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

काठमाडौं । अमृतपाल पञ्जाब प्रहरीबाट भाग्न सफल भएका छन् । भारतीय सञ्चार माध्यम पत्रिमा डट कमका अनुसार अमृतपाल सिंह एक

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२