१६ चैत्र २०७९, बिहीवार

आईएस आतङ्ककारी लुकेका ठाउँमा छापा, थुप्रै विद्रोही मारिए

२०७९,चैत्र,४,शनिवार १२:३५

90
Shares

काठमाडौं । अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ ।

सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन् ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् ।

प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् । कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए ।

कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार १२:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६