१६ चैत्र २०७९, बिहीवार

भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जीको अर्थ के हो, अब के हुन्छ ?

२०७९,चैत्र,४,शनिवार ११:४२

189
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले  युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले पुटिनले युक्रेनमा युद्ध गरेको आरोप लगाएको छ । उनी युक्रेनी बालबालिकाको अपहरण र निर्वासनको अपराधको लागि जिम्मेवार रहेको आईसीसीको ठहर छ । तर, रुसले युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ । वारेन्टपछि पुटिनका सामु झन् कठिन चुनौतीहरू आउन थालेका छन् । यसपछि प्रश्न उठ्न थालेका छन् कि यो वारेन्टको अर्थ के हो ? के पुटिन साँच्चै गिरफ्तार हुनेछन्रु अब के हुनेछ ?

पुटिनलाई पक्राउ गर्न सकिन्छ ?

आईसीसीका एक अधिकारी करिम खानलाई पनि यही प्रश्न सोधिएको थियो । उनले भने, ‘आईसीसीसँग कुनै पनि देशका नेता वा व्यक्तिलाई पक्राउ गर्ने अधिकार छैन । यसको आफ्नै प्रहरी बल नभएकाले यस्तो भएको हो । अन्तर्राष्ट्रिय कानून अनुसार आईसीसीले कुनै पनि देशका नेतालाई दोषी ठहराउन, पक्राउ पूर्जी जारी गर्न सक्छ, तर उनीहरूलाई पक्राउ गर्न विश्वभरका देशहरूमा निर्भर गर्दछ।

करिम भन्छन्, ‘आईसीसी अदालतले यस विषयमा आफ्ना सदस्य राष्ट्रहरूलाई दबाब दिन सक्छ। यस्तो अवस्थामा यसले रुसी राष्ट्रपति पुटिनको भ्रमणलाई पक्कै असर गर्छ ।’

पुटिनको गिरफ्तारीमा के समस्या छन् ?

पहिलो समस्या रुस अमेरिका र चीन जस्तै आईसीसीको सदस्य नहुनु हो । युक्रेन आईसीसीको सदस्य नभए पनि हालको परिस्थितिमा युक्रेनले आफ्नो अधिकार क्षेत्रलाई स्वीकार गरेकोले आईसीसीले पुटिन विरुद्ध मुद्दा दायर गर्न सक्षम भएको थियो।

आईसीसीको यो गिरफ्तारी वारेन्टलाई लिएर रुसको प्रतिक्रिया पनि आएको छ । रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालतको आरोप अस्वीकार गरेको छ। रुसले यो गिरफ्तारी वारेन्ट ‘तुच्छ’ र ‘अस्वीकार्य’ भएको बताएको छ । रुसको विदेश मन्त्रालयका प्रवक्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टको कानूनी दृष्टिकोणबाट देशको लागि कुनै अर्थ नभएको बताएका छन् ।

पूर्व रुसी राष्ट्रपति र रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले पुटिनको लागि आईसीसीको गिरफ्तारी वारेन्टलाई ट्वाइलेट पेपरसँग तुलना गरेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,४,शनिवार ११:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२