१६ चैत्र २०७९, बिहीवार

चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने

२०७९,चैत्र,३,शुक्रवार २२:२८

81
Shares

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए। यसअघि चैत ३ गते प्रदर्शनको मिति तोके पनि प्राविधिक कारणले दुई महिनापछि प्रदर्शन गर्न लागिएको हो ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो । चलचित्र निर्देशन देवजङ्ग थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार २२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा

कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७