राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलो औपचारिक भेट, के विषयमा भयो कुराकानी ?

लोकपथ
35
Shares

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच यो पहिलो भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । यस्तै शुक्रबार उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?