राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी मुर्मुबीच टेलिफोन वार्ता

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी द्रौपदी मुर्मुबीच टेलिफोनमा वार्ता भएको छ । शुक्रबार साँझ दुई देशका राष्ट्रबीच टेलिफोनमा सम्वाद भएको हो ।

वार्ताका क्रममा भारतीय समकक्षी मुर्मुले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएकी थिइन् । हाल केरेला भ्रमणमा रहेकी मुर्मुले पौडेलाई सफल कार्यकालको शुभकामनासमेत दिइन् ।

दुवै राष्ट्रपतिले नेपाल र भातबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको बारेमा समेत चर्चा गरेका थिए । साथै, द्धिपक्षीय सहयोगलाई अझ अघि बढाउने र दुईदेशका जनताबिचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायबारे पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?