१६ चैत्र २०७९, बिहीवार

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता

२०७९,चैत्र,३,शुक्रवार १७:५८

45
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार १७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७