प्रधानमन्त्रीले भने– ‘सरकारले चैत १० भित्र पूर्णता पाउँछ’

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १० गते सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् ।

आज लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासाबारे बोल्दै आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ प्रधानमन्त्रीले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?