१६ चैत्र २०७९, बिहीवार

पोस्टपेड प्रयोगकर्तालाई नेपाल टेलिकमले ल्यायो यस्तो अफर

२०७९,चैत्र,३,शुक्रवार १६:५५

198
Shares

काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज उपलब्ध गराएको छ ।

विगतदेखि नै ग्राहकवर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज (२०७९ चैत ३) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको जानकारी दिएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ ।

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ । त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ लिनसक्ने अपेक्षा कम्पनीले गरेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार १६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एआइएमएले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर ल्याएको छ । यो

काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७