काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनमा घाइते सांसदले पनि मतदान गरेका छन् ।
खुट्टाको अप्रेसन गरेर ट्रमा सेन्टरमा उपचाररत रहेका जसपा सांसद मोहमद अबदुल कलाम आजादले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।
मधेश प्रदेशका राज्यमन्त्रीसमेत रहेका उनको हिजो ट्रमामा खुट्टाको अप्रेसन भएको थियो ।
बाथरुममा चिप्लिएर लडेका उनलाई एम्बुलेन्सको सहयोगमा मतदान केन्द्र बानेश्वरमा ल्याएर मतदान गराइएको हो ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया