१६ चैत्र २०७९, बिहीवार

विश्वकप क्रिकेट छनोट हुने खेलाडीलाई बागमती प्रदेश सरकारले जनही १ लाख दिने

२०७९,चैत्र,३,शुक्रवार १३:५१

54
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रदेश सरकारले खेलाडीहरुलाई जनही एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पु¥याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताउनुभयो । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वकप क्रिकेटममा छनोट भएका खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार १३:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५

काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी

काठमाडौं । नेपाल एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल

काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७