१६ चैत्र २०७९, बिहीवार

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

२०७९,चैत्र,३,शुक्रवार १३:१९

36
Shares

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरि आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा ५ वर्षको वारेन्टी घोषणा गरेको छ ।

यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी भएको र एक्सटेन्डेड वारेन्टी नभएको बताइएको छ । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि हो । यो नेपालको एलसीभी अर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो ।

कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ । यो वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ ।
यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।

नयाँ अफरको वारेमा टिप्पणी गर्दै आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भने, ‘उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो । धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पु¥याउने छ । हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा हामी निकै नै खुसी छौ, जसले गर्दा हाम्रा ग्राहकलाई आफ्नो सवारी साधन अझै विश्वसनिय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ ।’ सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

परिष्कृत वारेन्टीले ब्रान्डको गुणस्तर र विश्वसनीयताप्रति प्रतिबद्धताको प्रमाण समेत दर्शाउछ ।

 

प्रकाशित मिति: २०७९,चैत्र,३,शुक्रवार १३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एआइएमएले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर ल्याएको छ । यो

काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२