काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च अंकमा पुगेको छ ।
शुक्रबार नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७ हजार १ सय रहेको छ । यसअघि गत माघ १९ गते सुनको मूल्य १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो । जुन इतिहासको उच्च रहेको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख ६ हजार ६ सय रहेको छ ।
यसअघि बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रहेको थियो । भने तेजावी सुनको मूल्य १ लाख ६ हजार २ सय रहेको थियो ।
आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेको छ ।