बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधान विपरित काम गरेको अरोप लगाएका छन् ।
आइतवार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचेतक खाँणले सो कुरा बताएका हुन् ।
उनले लोकतान्त्रि पद्धती बन्दुक र बारुद पड्काए जस्तो नभएको बताउँदै सरकारले संविधान विपरित र गैरजिम्मेवारी विरोधी काम गरिरहेको आरोप लगाएका हुन् ।
त्यस्तै अहिलेको सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिवद्ध नरहेको र अब सरकारलाई प्रतिपक्ष यहाँ छ भनेर देखाउने समय आएको समेत सचेतक खाँणले बताए ।
साथै ५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया