काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहले आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ ।
यसअघि खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्धालाई पुनः ब्यूँत्याएकोप्रति आपत्ति जनाउदै ‘विप्लव’ समूहले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला फिँजाएर पार्टीमाथि दमन गर्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

‘एकातिर वार्ताको हल्लामात्र फिँजाउने तर अर्काेतिर आधिकारीक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च ओली-प्रचण्ड सरकारले गरिरहेको यी हर्कतले पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुको यो हर्कतको हामी घोर भत्र्सना गर्दछौं ।’
यसबाट सरकारले भन्दै आएको मानव अधिकार र सामाजिक सुरक्षाको खिल्ली उडेको विप्लवको आरोप छ ।
‘सरकारले मंहँगी भ्रष्टचार र सामाजिक असुरक्षालाई बढावा दिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मानवअधिकारवादी, नागरिक समाज र लोकतन्त्रवादीलाई यो जनविरोधि हर्कतको अटेर विरोध गर्न आह्वान गर्दछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया