१ आश्विन २०७८, शुक्रवार

ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागत

२०७४,कार्तिक,६,सोमवार १०:५२


काठमाडौं, ६ कार्तिक । राष्ट्रिय एकता पार्टी(प्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति(शुभकामना मन्तव्य) समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ।राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले पूर्वराजाको अभिव्यक्तिको स्वागत गरेको हो ।उक्त पार्टीद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘सम्पूर्ण स्वदेश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदिवहिनीहरुले राष्ट्रिय नायकको उद्धगारलाई आत्मसात गर्नुहुनेछ भनी हाम्रो पार्टी आग्रह गर्दछ।’पार्टी अध्यक्ष शरदचन्द्र दाहालले मुलुक अहिले नेतृत्वविहीन हुनपुगेको उल्लेख गर्दै भने,‘जनतालाई नेतृत्व गर्छु भन्ने दल र दलका नेताहरुको भागबण्डा र ठेकेदारी–सिण्डीकेटको कारण जनताले आज आहतको महसुस गरेका छन्।’नेपाली तन र नेपाली मनमा कहिल्यै हुन नसकेका आयातित विचारधाराका परिणामस्वरुप दलिय व्यवस्थाको पैरवी गर्नेबाट नै राष्ट्र पटक पटक संकटमा परिरहेको परिघटनहरु आफूहरुको अगाडि ज्वलन्त रहेको बताउँदै उनले भने,‘अहिले पनि हामी सत्य र असत्यको निरन्तर लडाईमा नै छौं।’उनले अब पूर्वराजा शाहको नेतृत्वमा गोलबन्द हुन ढिलो नगर जुट्न समेत आफ्नो पार्टीको बृहत्त आह्वान रहेको जनाए । उनले थपे,‘राजा र जनता मिलेर बसेको हाम्रो युगौं लामो सस्कृति पद्धती कायम गर्दै देश निर्माणमा अग्रसर हुनुपर्छ र होऔं।’ दाहालले टुट–फुट र विग्रहले नेपाली–नेपालीबीच गृहयुद्धबाहेक केही प्राप्ति नहुने उल्लेख गर्दै थपे,‘प्रजातन्त्र लोकतन्त्रको दुहाई दिनेहरु राजालाई लेन्डुप दोर्जेजस्तो लोकतान्त्रिक बनाउन कदापी सम्भव छैन्।’

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८