उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

लोकपथ
14
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौँ । नयाँ उपराष्ट्रपति चयनका लागि आज हुने मतदानमा राप्रपा सहभागी नहुने भएको छ।

राप्रपाले बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट नै उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राष्ट्रपति निर्वाचनमा पनि सो पार्टी तटस्थ बसेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?