प्रस्तावित प्रधानन्यायाधीश जबराको संसदीय सुनुवाई आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संसदीय सुनुवाई आज हुँदैछ  । 

आइतवार दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि जबरालाई बोलाइएको हो । 

सुनुवाईका क्रममा जबराविरुद्ध परेको ९ वटा उजुरी र उनको भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ । 

संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार सुनुवाईपछि जबराको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय हुनेछ ।

त्यस्तै समितिको गत शुक्रवार बसेको बैठकले उजरीकर्ताहरुसँग छलफल गरेको थियो । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण मंगलवारदेखि अनिवार्य अवकास लिने भएका छन् । 

प्रधानन्यायाधीश मिश्र अवकास अगावै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सक्ने समितिको तयारीमा छ ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?