समाजमा रहेका विभेद र असमानता हटाउछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउने बताएका छन् । 

आज गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिँदै समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने सरकार लागि परेको बताएका हुन् । 

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ‘विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन’  भनेका छन् ।

‘सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ’ प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?