माघमै आउने भयो श्वेताको ‘कान्छी’

काठमाडौं – अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।निर्माता समेत रहेकी अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप २६ माघमा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।चलचित्रको छायाँकन पनि भर्खर सकिएको हो । लक्ष्मी पुजाको दिन छायांकन सकिएको चलचित्र छायाँकनका लागि ५० दिनमा लागेको थियो ।आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र श्वेता खड्काको मुख्य भुमिका रहेको छ । चलचित्र मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ूथानमा छायानँकन गरिएको अभिनेत्री श्वेताले जानकारी दिइन् ।चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।ग्रामिन भेगको बिषय बस्तुमा निर्माण भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । श्वेताको यो अभिनयमा कमब्याक चलचित्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?