उपराष्ट्रपति निर्वाचनबारे गठबन्धनको बैठक बस्दै

लोकपथ
14
Shares

काठमाडौं । उपराष्ट्रपतिमा एक जनामात्रै उम्मेदवार कायम गर्ने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्दैछ ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएपनि सहमति भएको थिएन ।

आजको बैठकमा उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्न प्रयास गरिने बताइएको छ ।

गठबन्धनबाटै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी छ । जसमा जसपाबाट उम्मेदवार रहेकी महिला उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपनि अझै दुई जना कायमै भएपछि गठबन्धन एक जना साझा उम्मेदवार तय गर्न प्रयासरत छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?