१६ चैत्र २०७९, बिहीवार

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

२०७९,चैत्र,१,बुधबार २०:४६

0
Shares

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पु¥याइने जानकारी दिए ।

“मैले तेलुगु चलचित्रमा काम गरेको छु । त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ । यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”, निर्देशक भण्डारीले भने, “हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन । यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ ।” उनले ‘रणवीर’ चलचित्रमार्फत निर्देशनमा सुरुआत गरेका थिए । पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ ।

निर्देशक भण्डारीले भने, “दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ । यसमा द्वन्द्व छ तर प्रेमको । यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ ।” गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत दर्शकमाझ स्थापित भएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताए ।
चलचित्रकी अभिनेत्री सुवेक्षा खड्काले आफूले निर्वाह गर्न चाहेको भूमिका पाएको जानकारी दिइन् । उनले भनिन्, “यो चरित्रसँग भावनात्मकरूपमा समेत जोडिएकी थिएँ । यसलाई जिवन्त बनाउन आफ्नोतर्फबाट सक्दो मेहनत गरेकी छु ।” आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको चलचित्रको नयाँ गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको थियो ।

त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ । यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गर्नुभएको छ । चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ । रासस

प्रकाशित मिति: २०७९,चैत्र,१,बुधबार २०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते

काठमाडौं । बलिउड एवम हलिउड नायीका प्रियंका चोपडा आफ्नो अभिव्यक्तीका कारण हाल निकै चर्चामा रहेकी छिन् । उनले आफू बलिउड

काठमाडाैं । नवाजुद्दीन सिद्दिकी पछिल्ला केही दिनदेखि आफ्नी श्रीमती आलिया सिद्दीकीसँगको विवादका कारण चर्चामा रहेका छन् । सम्बन्धविच्छेदको प्रक्रिया शुरु

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५